ad ad

खेल


सातपटकको साफ विजेता भारतले फाइनलमा भिड्नुअघि भन्यो: नेपाललाई जित्न सजिलो छैन

सातपटकको साफ विजेता भारतले फाइनलमा भिड्नुअघि भन्यो: नेपाललाई जित्न सजिलो छैन

नेपालखबर
असोज २८, २०७८ बिहिबार ११:३२, काठमाडौँ

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक यसको फाइनलमा पुगेको छ।

बुधबार मालदिभ्सको मैदानमा बंगलादेशलाई एक/एकको बराबरीमा रोक्दै इतिहास रचेको नेपाल, पहिलोपटक उपाधिका लागि साफमा सर्वाधिक सफल टोली भारतसँग यही असोज ३० गते भिड्दै छ। 

नेपाल उपाधि जितेर अर्काे इतिहास बनाउने प्रयासमा छ भने यसअघि सातपटक साफ उपाधि जितेको भारत पनि आठौंपल्ट विजेता हुने दाउमा छ। 

यसैबीच भारतीय फुुटबल टोलीले नेपाली टोली बलियो प्रतिद्वन्द्वी भएको बताएको छ। भारतीय फुटबल टोलीका सहायक प्रशिक्षक सन्मुघम वेंकटेसले नेपाललाई जित्न सजिलो नभएको प्रतिक्रिया दिएका हुन्। 

प्रेस मिटमा उनले भनेका छन्, ‘नेपालविरुद्ध खेल्न सजिलो हुने छैन।’

यसपटक पनि साफ च्याम्पियन हुने लक्ष्य रहेको सुनाउँदै उनले त्यसै क्रममा फाइनल पुग्न सफल भएको बताए। 

‘पूरा टिम खुसी छ। अब फाइनलमा नेपालको सामना हुनेछ’, उनले भनेका छन्, ‘सबै खेलाडीको स्थिति बुझेपछि हामी नेपालविरुद्ध रणनीति बनाउँछौं।’ 

भारत त्यही टोली हो, जसले यसैपटक लगातार सुरुका दुई खेल जितेको नेपाललाई आफ्नो तेस्रो खेलमा १–० गोलअन्तरले हराएको थियो। 

यसपछि फाइनल प्रवेशका लागि अन्तिम मौका पाएको नेपालले बुधबार बंगलादेशलाई एक एक गोलको बराबरीमा रोकेर इतिहास बनाएको हो। 

यी पनि 

साफमा नेपाललाई ऐतिहासिक सफलता, बंगलादेशलाई रोक्दै फाइनलमा

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने

यी खेलाडी, जसले दसैंमा देशबाहिर रहेर नेपालीमा विजयको खुसी थपे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .