ad ad

खेल


सुनिल क्षेत्री : जसले अन्तर्राष्ट्रिय गोल संख्यामा पेलेलाई पछि पारे

सुनिल क्षेत्री : जसले अन्तर्राष्ट्रिय गोल संख्यामा पेलेलाई पछि पारे

नेपालखबर
असोज २८, २०७८ बिहिबार १९:४३, काठमाडौँ

उमेरले ३७ वर्ष पुगिसकेका भारतीय कप्तान सुनिल क्षेत्रीले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा चार गोल गरिसकेका छन्। 

साधरणतया अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइसक्ने उमेरमा पनि उनले अझै आफूलाई भारतका लागि गोल मेसिनका रुपमा सावित गरिरहेका छन्। 

नेपालसँग साइनोसमेत रहेका उनै सुनिलले व्यक्तिगत अन्तर्राष्ट्रिय गोल संख्यामा पनि ब्राजिलका सर्वप्रिय खेलाडी पेलेलाई पछि पारेका छन्। 

साफ च्याम्पियनसिप अन्तर्गत आयोजक टोली माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा २ गोल गरेपछि उनले पेलेको अन्तर्राष्ट्रिय गोल संख्यालाई पछि पारेका हुन्। 

सुनिलकै दुई गोलसहित भारतले आयोजक माल्दिभ्सलाई ३-१ ले पराजित गर्दै आइतवार हुन नेपालसँगको फाइनल भेट पक्का गरेको छ।

माल्दिभ्सविरुद्ध २ गोल गरेपछि उनले भारतका लागि ७९ गोलको कीर्तिमान गरेका छन्। पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए। ब्राजिलले तीन पटक विश्वकप उपाधि जित्दा पेलेले ९२ खेलबाट ७७ गोल गरेका थिए ।  

सुनिलले पेलेको यो कीर्तिमानलाई पछि पार्ने क्रममा भारतका लागि १ सय २३ खेल खेलेका छन्। अहिले सुनिल सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने समकालीन फुटबलरको सूचीमा पनि तेस्रो स्थानमा पुगेका छन्। 

सुनिलभन्दा अगाडि पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी छन्। रोनाल्डोले देशका लागि १ सय १५ गोल गरेका छन्। उता मेस्सीले पनि देशका लागि गोल संख्या ८० पुर्‍याइसकेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .