ad ad

खेल


चेन्नई र कोलकाताबीच आज आईपीएलको उपाधि भिडन्त

चेन्नई र कोलकाताबीच आज आईपीएलको उपाधि भिडन्त

नेपालखबर
असोज २९, २०७८ शुक्रबार ८:२४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त शुक्रबार हुँदैछ। 

दुबईमा आईपीएलको उपाधिका लागि चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्। उपाधि भिडन्त नेपाली समयअनुसार रात पौने ८ बजे सुरु हुने तालिका छ। 

आईपीएलमा बलिया मानिने दुवै टोलीले आफूलाई उपाधि दाबेदार भनेका छन्। दुई बलिया टोलीबीचको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने बताइएको छ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौथो पटक आईपीएल उपाधि उचाल्ने ध्याउन्नमा छ। यो सिजन पनि उत्कृष्ट प्रदर्शन गरेको चेन्नईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई निराश बनाउँदै फाइनल यात्रा तय गरेको हो। 

अर्कातिर इयान मोर्गनले कप्तानी गरिरहेको कोलकाता तेस्रो पटक उपाधि चुम्ने योजनामा छ। कोलकाताले दोस्रो क्वालिफायरमा दिल्लीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो। 

यसअघिका भिडन्तमा कोलकातामाथि चेन्नई हाबी भएको थियो। पछिल्ला पाँच भिडन्तमध्ये चारमा चेन्नईले बाजी मारेको छ।

जारी सिजनमै यसअघिका दुई खेलमा चेन्नई विजयी भएको थियो। चेन्नईले लिग चरणअन्तर्गत पहिलो खेलमा १८ रनको जित दर्ता गरेको थियो। त्यस्तै दोस्रो खेलमा चेन्नई नै २ विकेटले विजयी भएको थियो।

यही जितको यात्रालाई कायम गर्दै चेन्नई उपाधि उचाल्ने योजनामा छ। तर कोलकाता चेन्नईविरुद्धका यसअघिका हारलाई भुलेर उपाधि उचाल्ने दाउमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .