ad ad

खेल


साफ फाइनल: भारतविरुद्ध नेपालको रक्षात्मक र आक्रामक रणनीति

साफ फाइनल: भारतविरुद्ध नेपालको रक्षात्मक र आक्रामक रणनीति

नेपालखबर
असोज २९, २०७८ शुक्रबार १७:५४, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधिका लागि भोलि शनिबार भारतसँग भिड्दैछ।

खेल मालदिभ्सको मालेस्थित नेशनल स्टेडियममा राति पौने ९ बजे हुनेछ। खेलअघि नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भोलिको खेल आफुहरुका लागि महत्वपुर्ण हुने बताए।

हायक प्रशिक्षक श्रेष्ठले भने, 'पहिलो पटक साफको फाइनलमा पुगेका छौं, भोलिको खेल महत्वपुर्ण हुने र ठुलो खेल हो, हाम्रो लागि सहज हुनेछैन तर हामी नतिजाका लागि खेल्नेछौँ।' 

श्रेष्ठले भारतविरुद्ध पहिलेको खेलमा गरेको गल्तीलाई सुधार गर्दै खेल प्रस्तुत गर्ने बताए। भारतविरुद्ध रक्षात्मक र आक्रामक रणनीति अपनाइने उनले जानकारी दिए। 

 यसअघि चोट बोकेका कारण लिग चरणको अन्तिम खेल गुमाएका पुजन उपरकोटीले खेल्ने नखेल्ने बारेमा शनिबार नै थाहा हुने उनले बताए।  

'आज दशैँ भएपनि पहिलो पटक फाइनल पुगेकाले खेलको लागि फोकस गरेका छौ। टिममा चोटको कुनै समस्या छैन। त्यसैले राम्रो खेल्नेछौँ,' उनले भने। 

नेपाल लिग चरणको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। सुरुवातका लगातार दुई खेल जितेको नेपालले भारतसँगको तेस्रो खेल गुमाएको थियो।

लिग चरणको अन्तिम खेलमा बगंलादेशसँग बराबरी गर्दै नेपाल इतिहासमा पहिलो पटक फाइनल पुगेको हो। भारत भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .