ad ad

खेल


आईपीएलको उपाधि चेन्नई सुपर किंग्सलाई

आईपीएलको उपाधि चेन्नई सुपर किंग्सलाई

नेपालखबर
असोज ३०, २०७८ शनिबार ६:२४, काठमाडौँ

कोलकता नाइड राईडर्सलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि चेन्नई सुपर किंग्सले उचालेको छ। 

शुक्रबार राति भएको फाइनलमा चेन्नईले कोलकतालाई २७ रनले पराजित गर्दै चौथो पटक आइपीएलको च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै चेन्नईले १० करोड र उपविजेता कोलकताले ६ करोड २५ लाख भारतिय रुपैयाँ प्राप्त गरेका छन्। 

यसअघि चेन्नईले सन् २०१०, २०११ र २०१८ मा आइपीएलको उपाधि जितेको थियो। सन् २००८, २०१२, २०१३, २०१५ र २०१९ मा भने उपविजेतामा सिमित भएको थियो। 

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो। कोलकताका लागि ओपनर सुभमन गल र वेंकटेश ऐरले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। 

ओपनर सुभमन गिलले सर्वाधिक ५१ रन जोड्दा एलबी डब्लु आउट भए। अर्का ओपनर वेंकटेश ऐर अर्धशतक बनाउँदा क्याच आउट हुन पुगे। 

तर मध्यक्रममा लगातार विकेट पतनपछि कोलकताले हार भोग्न बाध्य भयो। शिवम माभीले २० र लोकी फर्गुसनले १८ रन थपे। बाँकी ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन गर्न सकेनन्। 

चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए। रविन्द्र जडेजा र जोश हेजलवुडले समान दुई विकेट झारे।  डवेन ब्राभो र दीपक चाहरले एक एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि दुबईमा कोलकताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रनको योगफल तयार पारेको थियो। 

चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डु प्लेसिसले पहिलो विकेटका लागि  ८.१ ओभरमा ६१ रनको साझेदारी गरेका थिए। ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ८६ रनको योगदान दिए। उनले ५९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। ऋतुराज ३२ रनमा क्याच आउट भए। 

रोबिन उथप्पाले ३१ रन थपे। तेस्रो विकेटका लागि मोईन अली र फाफ डु प्लेसिसले ६८ रनको साझेदारी गरे। मोईन अली ३७ रनमा अविजित रहे। कोलकता स्पिनर सुनिल नारायणले २ तथा शिवम माभीले १ विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .