ad ad

खेल


स्कटल्यान्ड र ओमानको विजय सुरुवात

स्कटल्यान्ड र ओमानको विजय सुरुवात

नेपालखबर
कात्तिक १, २०७८ सोमबार ७:४०, काठमाडौँ

आइसीसी टि २० विश्वकप अन्तर्गत पहिलो चरणको समूह ‘बी’ को खेलमा स्कटल्यान्ड र ओमानले विजय सुरुवात गरेका छन्। 

ओमानस्थित अल अमरेत मैदानमा स्कटल्याण्डले बगंलादेशलाई ६ रनले पराजित गर्दै सुखद् सुरुवात गरेको हो। 

स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनमात्र बनाउन सक्यो। 

बंगलादेशका लागि मुश्फिकर रहिमले ३८, शकिब अल हसनले २० रन जोडे। कप्तान महामुदुल्लाहले २३, अफिफ होसेनले १८ रन थपे।

स्कटल्यान्डका लागि ब्राड व्हिलले ३, क्रिस ग्रिभ्सले २ तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो। त्रिस ग्रिभले सर्वाधिक ४५ रनको योगदान दिए। मार्क वाटले २२ रन थपे। ओपनर जर्ज मुन्सीले २९ र म्याट क्रसले ११ जोडे। 

बंगलादेशका लागि मेहेदी हसनले ३, शकिब अल हसन र मुस्ताफिजुर रहमानले समान २ विकेट लिए। तस्किन अहमद र मोहमद सैफुदीनले १–१ विकेट हात पारे। 

शकिबले टि२० अन्तर्राष्ट्रियमा कुल १ सय ८ विकेट विकेट पुर्याउँदै विश्वकै सर्वाधिक विकेट लिने खेलाडीसमेत बने। 

समूह ‘बी’ अन्तर्गत नै हिजै भएको पहिलो खेलमा ओमानले पपुवा न्युगिनीमाथि १० विकेटको सानदार जित निकालेको थियो। 

पपुवा न्युगिनीले दिएको १ सय ३० रनको लक्ष्य ओमानले १३ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो। 

प्रतियोगिता अन्तर्गत आज (सोमबार) समूह ‘ए’ मा आयरल्यान्ड र नेदरल्यान्ड्स तथा नामिबिया र श्रीलंकाबीच स्पर्धा हुनेछ। दुवै समूहबाट शीर्ष २ टोलीले सुपर १२ मा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .