ad ad

खेल


'नेपाल फर्किँदा खुसी छु, राष्ट्रिय टोलीबाट खेल्नेबारे सोचेको छैन'

'नेपाल फर्किँदा खुसी छु, राष्ट्रिय टोलीबाट खेल्नेबारे सोचेको छैन'

च्यासलको मैदानमा फुटबलर विकास मेराग्लिया। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १७:४०, काठमाडौँ

इटालीमा खेल्दै आएका नेपाली मूलका फुटबल खेलाडी विकास मेराग्लिया ए डिभिजनको च्यासल युथ क्लबमा आवद्ध भएका छन्।

क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै विकासलाई आवद्ध गरेको घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा दुई पक्षबीचको सम्झौतापछि विकासले आसन्न शहीद स्मारक 'ए डिभिजन लिग' फुटबल च्यासल क्लबबाट खेल्ने तय भएको हो। 

मंगलबार नेपाल आएका उनले शुक्रबारको पत्रकार सम्मेलनमा १३ वर्षपछि फर्किन पाउँदा खुसी लागेको बताए। 

विकासले आफू नेपाल फर्कँदा सपना पूरा भएको अभिव्यक्ति पनि दिए। 

‘मैले नेपाल फर्केपछि सपना पूरा भएजस्तो लागेको छ। १३ वर्षअघि इटाली गएपछि म सधैं नेपाल कसरी फर्कने भन्ने सोच्थेँ', उनले भने, 'च्यासलले मलाई यहाँ ल्याएको छ । नेपाल फर्किँदा एकदम खुसी छु। ’

विकासले नेपालको राष्ट्रिय टोलीबाट खेल्नेबारे भने अहिले केही नसोचेको पनि बताए। 

‘मैले त्यसबारे केही सोचेको छैन । अहिले क्लबमा आबद्ध छु र यसमा ध्यान दिएको छु', उनले भने, 'भविष्यमा त्यस्तो अवसर आउँछ भने पक्कै सोच्नेछु।’

विकासले आफू नेपाली फुटबलबारे पछिल्लो समय पछ्याएको बताउँदै यहाँको राम्रो स्तर रहेको बताए। उनले टोलीसँग प्रशिक्षण गर्दा नेपाली खेलाडी खेल मात्र नभएर निकै सहयोगी भावनाको रहेको बताए।

१८ वर्षीय विकासले इटालीको यु–१६ राष्ट्रिय टोली तथा एटलान्टा क्लबको युथ टिमबाट खेल्दै आएका छन्। ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुँदैछ।

विकास ६ वर्षको उमेरमा सन् २००८ मा इटाली गएका थिए। उनी १३ वर्षपछि नेपाल फर्किएर व्यवसायिक फुटबल खेल्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .