खेल


टी ट्वान्टी विश्वकप : न्युजिल्यान्डसँग हार्‍याे भारत, समूह चरणबाटै बाहिरिने सम्भावना

टी ट्वान्टी विश्वकप : न्युजिल्यान्डसँग हार्‍याे भारत, समूह चरणबाटै बाहिरिने सम्भावना

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार ५:२७, काठमाडौँ

यूएईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारत लगातार दोस्रोपटक हारेको छ। 

सुपर १२ अन्तर्गत आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले हराएको हो। 

यो जितसँगै सुपर १२ समूह २ मा रहेको न्युजिल्यान्डले  सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ पराजित भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।

कुन देश कुन स्थानमा? 
सुपर १२ समूह २ मा पाकिस्तान : ३ खेलमा सबैमा जित, शीर्ष स्थानमा।

अफगानिस्तान : ३ खेलमा २ मा जित र १ मा हार, दोस्रो स्थानमा। 

न्युजिल्यान्ड : २ खेलमा १ मा जित र १ मा हार, तेस्रो स्थानमा।

नामिबिया : २ खेलमा १ मा जित र १ मा हार, चौथो स्थानमा। 

समान २ खेल खेलेका भारत र स्कटल्यान्ड :अंकविहीन, क्रमशः पाँचौं र छैटौं स्थानमा। 

सुपर १२ समूह १ मा इंग्ल्यान्ड– ३ खेलमा सबै जित, ६ अंकसहित ​शीर्षस्थानमा।

अस्ट्रेलिया– ३ खेलमा २ मा जित र १ मा हार, ४ अंकसहित दोस्रो स्थानमा।

दक्षिण अफ्रिका– ३ खेलमा २ मा जित र १ मा हार, समान ४ अंक भए पनि नेटरनरेटका आधारमा तेस्रो स्थानमा।

श्रीलंका– ३ खेलमा १ मा जित र २ मा हार, चौथो स्थानमा।  

वेस्टइन्डिज– ३ खेलमा १ मा जित र २ मा हार, पाँचौ स्थानमा।

बंगलादेश– ३ खेलमा सबैमा हार, पुछारमा। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad