च्याम्पियन्स लिग अन्तर्गतको मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड एटलान्टासँग बराबरीमा रोकिएको छ।
समूह एफ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।
खेलको १२ औं मिनेटमा जोसिप इलिकिकको गोलबाट एटलान्टाले अग्रता लिएको थियो। तर, पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
त्यस्तै दोस्रो हाफको ५६ औं मिनेटमा डुभान जापाटाले एटलान्टाका लागि एक गोल थपे। यद्यपि यो अग्रता खेलको अन्तिमसम्मा एटलान्टाले बचाइराख्न सकेन।
दोस्रो हाफको इन्ज्युरी समयमा रोनाल्डोले अर्को एक गोल गरे।
बराबरीसँगै म्यानचेस्टर युनाइटेड समूहको शीर्षस्थानमा यथावत छ। उसले चार खेलबाट ७ अंक हासिल गरेको छ। एटलान्टा भने समान खेलबाट पाँच अंकसहित समूहको तेस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया