च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान भएको समूह ईको खेलमा बार्यन म्युनिखले बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेको छ।
बार्यन म्युनिखलाई जित दिलाउने क्रममा रोबर्ट लेभान्डोस्कीले ह्याट्रिक गरे। एक लिगको एक सय खेल पूरा गरेका लेवान्डोस्कीले खेलको २६ औं, ६२ औं र ८४ औं मिनेटमा गोल गरे। यद्यपि उनी पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीमा भने गोल गर्नबाट चुकेका थिए।
खेलमा सर्ज गनब्री र लेरोय सानेले बार्यन म्युनिखको लागि एक/एक गोल गरेका थिए। त्यस्तै बेन्फिकाको तर्फबाट एलेक्स ग्रिमाल्डो र जोआओ मारियोले एक/एक गोल फर्काएका थिए।
लेवान्डोस्कीले लिगको खेलमा अहिलेसम्म ८१ गोल गरेका छन्। यो क्रममा उनले चारपटक ह्याट्रिक गरेका छन्। यो सिजनमा उनले बार्यन म्युनिखको लागि १८ खेलमा २२ गोल गरेका छन्।
बुधबारको जितसँगै बार्यन म्युनिख समूहमा चारओटै खेल जितेर १२ अंकका साथ शीर्षस्थानमा यथावत छ। समूहको अर्को खेलमा बार्सिलोनाले डाइनामो कीभलाई १–० गोल अन्तरले पराजित गरेको छ। बार्सिलोना चार खेलबाट ६ अंकका साथमा समूहको दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया