पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता हुने भएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।
मञ्चका अनुसार १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते आयोजना हुनेछ।
यस वर्षदेखि म्याराथनमा सहभागी हुने धावकलाई दिइने पुरस्कारको राशि पनि बढाइएको छ। आयोजकका अनुसार खुला ४२.१९५ किलोमिटरको म्याराथनको विजेताले चार लाख रुपैयाँको पुरस्कार राशि हात पार्नेछन्।
दोस्रो हुनेलाई दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँको पुरस्कार हात पार्नेछन्। चौथो हुनेलाई सान्त्वना पुरस्कार ३० हजार तोकिएको छ।
नेपाली म्याराथनको इतिहासमा यो सर्वाधिक नगदको पुरस्कार भएको आयोजकको दाबी छ।
त्यस्तै, १० किलोमिटर पुरुष तथा महिला, ५ किलोमिटर छात्रछात्रा, ह्विलचियर तथा दृष्टिविहीनले पनि म्याराथनमा सहभागिता जनाउनेछन्। यो म्याराथनको कुल खर्च ९३ लाख र आम्दनी १ करोड ५ लाख हुने अपेक्षा छ।
Shares

प्रतिक्रिया