रियल म्याड्रिड स्पेनी ला लिगाको अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार रातिको प्रतिस्पर्धामा रियल रायो भाल्कानोलाई २–१ गोलअन्तरले हराउँदै अंक तालिकामा सबैभन्दा माथि भएको हो।
टोनी क्रुस र करिम बेन्जेमाले हानेका एक/एक गोलबाट रियल विजयी भएको हो।
रायोका खेलाडी राडेमल फाल्काओले एक गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित भयो।
शनिबारको जितसँगै २७ अंकका साथ रियल शीर्ष स्थानमा उक्लिएको हो।
यस्तै शनिबारै भएको अर्काे खेलमा बार्सिलोना सेल्टाभिगोसँग बराबरीमा रोकिएको छ। दुवै टोलीले ३–३ गाल गरेपछि प्रतिस्पर्धा रोमाञ्चक तरिकाले बराबरीमा टुंगिएको हो।
यस्तै शनिबार नै भएका प्रतिस्पर्धामा इस्पनयोलले ग्रनेडालाई २–० र एलाभेसले लेभान्टेलाई २–१ ले हराएका छन्।
36
Shares

प्रतिक्रिया