सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता कतारमा हुँदै छ।
२०२२ को नोभेम्बरदेखि डिसेम्बरसम्म चल्ने यो प्रतियोगिता पहिलोपटक खाडी मुलुकमा हुन लागेको हो।
कतारले यो विश्वकपका लागि लामो समयदेखि तयारी गर्दै आएको छ। केही दिनअघि मात्र कतारले विश्वकपको लागि सबै रंगशालाको निर्माण कार्य सकिएको बताएको छ। यो विश्वकप आठ रंगशालामा खेलाइनेछ।
यहाँ कतार विश्वकप आयोजना हुने रंगशाला उल्लेख गरिएको छ –
१. लुसाइल स्टेडियम
कतारको लुसाइल सहरमा रहेको यो स्टेडियम कतार विश्वकपको सबैभन्दा ठूलो स्टेडियम हुनेछ। यो स्टेडियममा ८० हजार मानिसहरु अटाउन सक्छन्।
विश्वकपको सुरुको र अन्तिम खेल यही रंगशालामा आयोजना हुनेछ।
लुसाइल सहर कतारको दोहाबाट २० किलोमिटर टाढा पर्छ। यो सहरको जनसंख्या २ लाख ५० हजार छ।
२. स्टेडियम ९७४
यो स्टेडियम कतारको रास अबु अबौडमा छ। यो स्टेडियम ४० हजार दर्शक क्षमताको छ। यो स्टेडियममा विश्वकपको समूह चरण र अन्तिम १६ का खेलहरु हुनेछन्।
३. अल बायट स्टेडियम
यो स्टेडियमको नाम कतार र त्यहाँका नागरिकको इतिहाससँग जोडिएको छ। टेन्टजस्तो डिजाइनमा बनाइएको यो स्टेडियम ६० हजार दर्शक अट्नेगरी बनाइएको छ। यो स्टेडियम सन् २०२० मा खुलेको हो र यसमा विश्वकपका सेमिफाइनलसहित चार खेल हुनेछन्।
४. अल थुमामा स्टेडियम
यो स्टेडियम कतारको राजधानी सहर दोहामा छ। ४० हजार दर्शक क्षमता रहेको यो स्टेडियम कचौरा आकारको छ।
विश्वकप सकिएपछि यसको २० हजार सिट हटाएर त्यसको स्थानमा ६० कोठाको होटल निर्माण गरिनेछ। यो स्टेडियममा क्वार्टरफाइनलसम्मका केही खेलहरु हुनेछन्।
५. अहमद बिन अलि स्टेडियम
पुरानो स्टेडियम रहेको स्थानमा बनाइएको यो स्टेडियम आकर्षक तरिकाले बनाइएको छ। यो स्टेडियममा फरक फरक प्रकाशले उज्यालो पार्न र रंग परिवर्तन गर्न सकिन्छ।
यो रंगशालामा अन्तिम १६ सम्मका केही खेलहरु हुनेछन्।
६. एजुकेसन सिटी स्टेडियम
यो स्टेडियम दीर्घकालीन योजनाका साथ निर्माण गरिएको हो। घाम लागेको समयमा यो स्टेडियमले आफ्नो रंग परिवर्तन गर्छ। यो स्टेडियममा क्वार्टर फाइनलसम्मका केही खेलहरु हुनेछन्।
विश्वकप सकिएपछि यो स्टेडियम कतार महिला टोलीको होम ग्राउण्ड र दुई विद्यालय बन्नेछन्।
७. अल जानौब स्टेडियम
अल जानौब स्टेडियम कतार विश्वकपको लागि सबैभन्दा पहिला तयार पारिएको रंगशाला हो। यो कतारको राजधानी सहर दोहाबाट १० माइल दक्षिणतर्फ छ।
यो स्टेडियम ४० हजार दर्शक क्षमताको छ। यो स्टेडियममा अन्तिम १६ सम्मका केही खेलहरु हुनेछन्।
८. खलिफा इन्टरनेशनल स्टेडियम
यो रंगशाला फिफा विश्वकपको लागि स्तरोन्नति गरिएको हो। यसमा १२ हजार सिट थप गरिएको छ भने नयाँ स्वरुप दिइएको छ। यसमा तेस्रो स्थानको लागि हुने खेलसहितका केही खेलहरु हुनेछन्।डेजीन म्यागिजनबाट
Shares
प्रतिक्रिया