ad ad

खेल


ए डिभिजन  लिगमा आज आर्मी र मच्छिन्द्र भिड्दै

ए डिभिजन  लिगमा आज आर्मी र मच्छिन्द्र भिड्दै

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ६:३८, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा  सोमबार त्रिभुवन आर्मी फुटबल क्लबले गत सिजनको लिग च्याम्पियन मच्छिन्द्र क्लबको सामना गर्दै छ। 

सोमबार हुने दोस्रो चरणको अन्तिम खेलमा गत सिजनको लिग च्याम्पियन मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन्। 

खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा अपरान्ह पौने ५ बजे सुरु हुनेछ। 

पछिल्लो सिजन भएको खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गर्दै नयाँ च्याम्पियनको रुपमा उदाएको थियो। 

आज हुने खेलमा मच्छिन्द्र सोही नतिजालाई निरन्तरता दिने योजनामा हुँदा आर्मी भने हारको बदला लिने दाउमा हुनेछ। गत सिजन आर्मीलाई बराबरीको नतिजाले मात्रै पनि लिग च्याम्पियन बन्ने अवसर हुँदा मच्छिन्द्रसँग पराजित हुन पुगेको थियो। लिगको दोस्रो चरणमा नै भिड्न लागेका यी दुई टोलीमाथि धेरैको नजर हुनेछ। 

पहिलो चरणको खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ को बराबरी गर्दै अंक बाँडेको थियो। मच्छिन्द्रले भने एनआरटीलाई २–१ ले हराउँदै अंक तालिकामा ३ अंक जोडेको थियो। 

आजै हुने पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लव (बीबीसी) र  न्युरोड टिम एनआरटी भिड्नेछन्।

सो खेल दिउँसो १ बजे दशरथ रगंशालामा हुनेछ। लिगमा बीबीसी लगातार दोस्रो जितको खोजीमा हुँदा एनआरटी भने पहिलो जितको लागि संर्घष गर्नेछ। 

पहिलो चरणमा बीबीसीले एपीएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराएको थियो। उता एनआटी भने मच्छिन्द्र क्लबसँग २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .