साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोल रहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मी र मच्छिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
बराबरीसँगै दुवै टोलीको उपाधि यात्रामा धक्का लागेको छ। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।
बराबरीसँगै मच्छिन्द्रको दुई खेलबाट ४ अंक पुगेको छ। दोस्रो बराबरी खेलेको आर्मीको २ अंक छ।
36
Shares

प्रतिक्रिया