ad ad

खेल


मेस्सीले जितेपछि रोनाल्डोले भने – मेरो कोहीसँग पनि प्रतिस्पर्धा छैन

मेस्सीले जितेपछि रोनाल्डोले भने – मेरो कोहीसँग पनि प्रतिस्पर्धा छैन

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १३:४७, काठमाडौँ

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो कसैसँग पनि प्रतिस्पर्धा नरहेको बताएका छन्। यसअघि फ्रान्स फुटबल म्यागजिनका प्रधान सम्पादक पास्कल फेरेले रोनाल्डोको बालोन डे’ओरको उपाधि सबैभन्दा धेरैपटक जित्ने महत्वाकांक्षा रहेको बताएका थिए।

त्यसको खण्डन गर्दै रोनाल्डोले आफूसँग कुनै महत्वाकांक्षा पनि नरहेको र कसैसँग प्रतिस्पर्धा पनि नरहेको बताएका छन्।

रोनाल्डोले फेरेले झुट बोलिरहेको दाबी गर्दै उनले आफू र आफ्नो संस्थालाई चर्चामा ल्याउन आफ्नो बदनाम गरेको आरोप लगाएका छन्। न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा फेरेले रोनाल्डोले नै आफूलाई बालोन डे’ओरमा लियोनेल मेस्सीलाई पछि पारेपछि फुटबलबाट सन्यास लिने योजना रहेको बताएको उल्लेख गरेका थिए।

सोमबार राति भएको बालोन डे’ओरको उपाधि घोषणामा पनि रोनाल्डो सहभागी भएका थिएनन्।

सामाजिक सञ्जालमार्फत रोनाल्डोले फेरेलाई आफूले कहिले पनि त्यस्तो नबताएको भन्दै उनले झुट बोलेको उल्लेख गरेका छन्। बालोन डे’ओरजस्तो प्रतिष्ठित पुरस्कार प्रदानको लागि जिम्मेवार पदमा रहेका व्यक्तिले यस्तो झुट बोल्नु स्वीकार्य नहुने उनले बताएका छन्। उनले आफूले सधैं पुरस्कार जित्नेको सम्मान गर्ने र कहिल्यै पनि कसैसँग प्रतिस्पर्धा नगरेको बताएका छन्। 

रोनाल्डोले लेखेका छन्, ‘म कसैको पनि विरुद्धमा छैन। मेरो करियरको सबैभन्दा ठूलो महत्वाकांक्षा मेरो क्लब र राष्ट्रिय टोलीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उपाधि जिताउनु हो।’ 

उनले आफ्नो उद्देश्य व्यावसायिक फुटबल खेल्न आउनेहरुका लागि राम्रो उदाहरण बन्नु रहेको उल्लेख गरेका छन्। रोनाल्डोले पाँचपटक बालोन डे’ओरको उपाधि जितेका छन्। यस वर्षको बालोन डे’ओरको उपाधि जित्दै अर्जेन्टाइन स्टार लियोनेल मेस्सीले बालोन डे’ओरको उपाधि संख्या सात पुर्‍याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .