ad ad

खेल


नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा देसाई र दासानायकेको सम्भावना बलियो

नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा देसाई र दासानायकेको सम्भावना बलियो

लक्ष्मी जि.सी
मंसिर १६, २०७८ बिहिबार १३:४, काठमाडौँ

भारतीय मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने सम्भावना बलियो छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा आवेदन दिएकामध्ये अन्तिम ५ जनाको अन्तर्वार्ता लिएको छ। नेपालको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिएका थिए। आवेदन दिएका मध्ये १५ जना पहिलो चरणमा १५ जना छनोटमा परेका थिए। तीमध्ये प्रशिक्षक छनोट समितिले बुधबार ५ जनाको अन्तवार्ता लिएको हो। 

क्यानले कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समिति गठन गरिएको थियो। छनोट समितिमा समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का एक प्रतिनिधि छन्। 

क्यानले आगामी १ वर्षका लागि प्रशिक्षकको खोजी गरिरहेको छ। आइतबार प्रशिक्षकको टुङ्गो लगाउने क्यानले जनाएको छ। 

तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली टोली छाडेपछि क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त मागेको थियो। 

क्यानले अन्तवार्ता लिएका मध्ये भारतिय मोन्टी देसाई र क्यानडाका पुबुदु दासानायकेको सम्भावना बढी छ। 

क्यानले अन्तवार्ता लिएका प्रशिक्षकको चर्चा यहाँ गरिएको छ। 

मोन्टी देसाई 

भारतीय मोन्टी देसाई वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक हुन्। आवेदन परेका मध्येबाट देसाई नेपाल आउने सम्भावना उच्च छ। देसाईको अर्को महिनादेखि वेष्टइन्डिजसँगको सम्झौता सकिँदैछ। 

वेष्ट इण्डिजसँगको सम्झौता सकिएपछि देसाई नेपाल आउने चर्चा छ। नेपाली क्रिकेटलाई नजिकबाट नियालेका देसाईले नेपालको ब्याटिङ लाईन सुधार गर्ने अपेक्षा गरिएको छ। 

विगत १२ वर्षदेखिको ब्याटिङ अनुभव भएका देसाईसँग अफगानिस्तान, नेपाल, युएई, क्यानडा, आईपीएल टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेश हेरिसकेको अनुभव छ। 

यसअघि सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए। सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व टी–२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए। त्यसअघि सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए। 

पुबुदु दासानायके

नेपाललाई पहिलो पटक टि २० विश्वकप खेलाउने प्रशिक्षक पुबुदु दासानायकेको चर्चा नेपाली क्रिकेट जगतमा भइरहन्छ। 

श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी पुबुदु दसानायकेको चर्चा पुनः एकपटक भइरहेको छ। नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएका छन्। मोन्टी देसाईपछि दासानायके प्रशिक्षक बन्ने सम्भावना  को चर्चा यतिबेला भैरहेको छ। 

क्यान छनोट समितीले पनि देसाई र दासानायकेमध्ये एक जनालाई नेपाली क्रिकेट टोलीको जिम्मा लगाउने तयारी गरेको छ। 

सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षणमा नेपाली क्रिकेटले ठुलो फड्को मारेको थियो। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलो पटक टि२० विश्वकप खेलेको थियो।

नेपाली क्रिकेटलाई नजिकबाट बुझेका र हेरिरहेका दासानायकेलाई टोलीको जिम्मा दिँदा टोलीले राम्रो प्रगति गर्ने आशा क्यानले गरेको छ। पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो। पुबुदु पनि नेपाल आउनका लागि इच्छुक छन्। 

अशंखा गुरुसिंहा 

श्रीलंका मूलका अष्ट्रेलियाली पूर्व क्रिकेटर अशंखा गुरुसिंहा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक हुने दौडमा छन्। 

११ वर्षको अन्तराष्ट्रिय क्रिकेट करियरमा अशंखाले श्रीलंकाका लागि ४१ टेष्ट, १४७ एक दिवसीय क्रिकेट खेलेका छन्। १९९६ मा श्रीलंकाले विश्वकपको उपाधि जित्दा अशंखा टोलीका महत्वपूर्ण सदस्य थिए। उक्त विश्वकपको फाइनल खेलमा उनले अरविन्दा डि सिल्भासँग १२५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। 

श्रीलंका राष्ट्रिय क्रिकेट टोलीको पूर्व म्यानेजर तथा छनोट समितिमा रहेका थिए। सन् २०२० को डिसेम्बरमा नाइजेरिया क्रिकेट टोलीको मुख्य प्रशिक्षक रहेर काम गरेको अनुभव समेत उनीसँग छ। 

गुरुसिंहाले क्रिकेट प्रशिक्षकको लेभल थ्री, अष्ट्रेलियाको क्षत्रिय क्रिकेट टोलीको सल्लाहकार, सन् २०१७ मा श्रीलंका राष्टिय क्रिकेट टोलीको म्यानेजर रहेर काम गरिसकेको अनुभव छ।

ग्रान्ट ब्राडवर्न
न्युजिल्याण्डका पुर्व क्रिकेटर तथा प्रशिक्षक ग्रान्ट ब्राडवर्न पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्ने दौडमा छन्। 

सन् २०१८ देखि २०२१ सम्म पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकको रुपमा समेत उनले स्कटल्याण्डको टोली समेत हेरिसकेका छन्। 

सन् २०१४ मा स्कटल्याण्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनले सन् २०१५ मा भएको आईसीसी विश्वकप क्रिकेटका लागि टोली तयार पारेका थिए। 

खेल जिवनपछि उनले नर्थेन डिस्ट्रिक र न्युजिल्याण्डको यू–१९ टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए।

रुवान कल्प 
श्रीलंकाका पूर्व क्रिकेटर रुवान कल्पले सन् १९९२ देखि १९९९ सम्म श्रीलंकाको टोलीबाट क्रिकेट खेलेका थिए। उनले श्रीलंकाको लागि ११ टेस्ट र ८६ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए।

रुवान कल्प सन् २००८ मा बंगलादेशको राष्ट्रिय क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षक बनेका थिए। उनले बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक र स्पिन बलिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन्। हालै मात्र उनी ओमानको टी–२० टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .