ad ad

खेल


बेइजिङ ओलम्पिकमा कूटनीतिक अधिकारी नपठाउने अमेरिकाको निर्णय

बेइजिङ ओलम्पिकमा कूटनीतिक अधिकारी नपठाउने अमेरिकाको निर्णय

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार ७:१, काठमाडौँ

अमेरिकी कूटनीतिक अधिकारीले सन् २०२२ मा चीनमा हुने विन्टर ओलम्पिक बहिष्कार गर्ने घोषणा गरेका छन्। अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानव अधिकारको इतिहासको विषयलाई कुनै पनि प्रतिनिधि नपठाइने बताएको छ।

यद्यपि यो प्रतियोगितामा अमेरिकी एथ्लेटहरु सहभागी हुने र उनीहरुलाई सरकारले पूरा सहयोग दिने ह्वाइट हाउसले बताएको छ। 

चीनले यसअघि नै यो प्रतियोगिता बहिष्कार गरे त्यसको प्रत्युत्तरमा आवश्यक कदम चालिने चेतावनी दिइसकेको छ। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा हुने यो प्रतियोगितालाई कूटनीतिकरुपमा बहिष्कार गर्ने विषयमा छलफल भइरहेको बताएका थिए। 

सोमबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले यो प्रतियोगिता बहिष्कारको घोषणा गरेकी हुन्। यसअघि सन् १९८० मा अमेरिकाले रुसको मस्कोमा भएको ओलम्पिक पनि बहिष्कार गरेको थियो।

अघिल्लो वर्ष रुसले अफगानिस्तानमा गरेको आक्रमणको विषयलाई लिएर अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .