पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति भएको फ्रेन्च लिग वानको खेलमा मोनाकोमाथि २–० को जित हात पारेको छ।
खेलको १२ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीमा एमबाप्पेले पहिलो गोल गर्दै टोलीलाई १–० गोल अन्तरको अग्रता दिलाएका थिए। त्यस्तै खेलको ४५ औं मिनेटमा लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै एमबाप्पेले दोस्रो गोल गरे।
यससँगै लिग वानमा पीएसजीले १८ खेलबाट ४५ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको मार्सिल्लेले १७ खेलबाट ३२ अंक जोडेको छ।
99
Shares

प्रतिक्रिया