कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दुई खेल हुँदैछन्।
सोमबार हुने पहिलो खेलमा दिउँसो १ बजेदेखि संकटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटाले यसअघिका ३ खेलमा १ जित र २ बराबरीको नतिजासहित ५ अंक हात पारेको छ।
नेपाल पुलिस क्लबले पनि यसअघिका ३ खेलमध्ये १ जित र दुई बराबरीसहित ५ अंक हात पारेको छ।
दोस्रो खेलमा जावलाखेल र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेलले यसअघिको ३ खेलमा सबैमा हारको सामना अंकविहीन अवस्थामा छ।
ब्रिगेड ब्वाइजले ३ खेलमध्ये १ जित, १ बराबरी र एक हारको सामना गर्दै ४ अंक हात पारेको छ। आजदेखि चौथो चरणको खेल सकिनेछन्।
45
Shares

प्रतिक्रिया