खेल


एभीसी एसियन सेन्ट्रल जोन भलिबलमा पुरुषतर्फ ५ र महिलातर्फ ६ टोली सहभागी हुने

एभीसी एसियन सेन्ट्रल जोन भलिबलमा पुरुषतर्फ ५ र महिलातर्फ ६ टोली सहभागी हुने

नेपालखबर
मंसिर २७, २०७८ सोमबार १३:२४, काठमाडौँ

बंगलादेशमा हुने एभिसी एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ टोली सहभागी हुने भएका छन्। 

पुरुषतर्फ बगंलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान प्रतिस्पर्धा गर्नेछन्। यसअघि घरेलु मैदानमा भएको सेन्ट्रल जोन भलिबलमा नेपाल समूह चरणबाटै बाहिरएको थियो। 

महिलातर्फ बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका, उज्वेकिस्तान सहभागी हुँदैछन्। 

राउण्ड रोविनमा हुने प्रतियोगितामा शीर्ष २ मा रहने टोलीले उपाधिका लागि भिड्नेछन्। तेस्रो र चौथो स्थानका टोलीले कास्य पदकका लागि खेल्नेछन्। महिलातर्फ नेपाल सेन्ट्रल जोनको साविक विजेता टोली हो। प्रतियोगिता डिसेम्बर २१ देखि २९ सम्म हुनेछ। 

सेन्ट्रल जोनमा सहभागी हुने पुरुष खेलाडी: 
इम बहादुर राना मगर (कप्तान) हरि हजुर थापा, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, भैरव बहादुर बम, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षत्री, टेकराज अवस्थी, राजेन्द्र विष्ट, विशाल बहादुर विक, शरन समरी क्षत्री, विनोद बहादुर चन्द (लिब्रो)

सेन्ट्रल जोनमा सहभागी हुने महिला खेलाडी:
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ

यस्तै प्रतियोगितामा नेपालका तर्फबाट एसियन रेफ्री क्यान्डिडेट विजय केसी र पूर्ण प्रसाद चौलागाईं निर्णायकमा रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad