खेल


बिगबास लिगमा सन्दीपको टोलीको दोस्रो हार

बिगबास लिगमा सन्दीपको टोलीको दोस्रो हार

नेपालखबर
मंसिर २९, २०७८ बुधबार ८:३६, काठमाडौँ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्सले बिगबास लिगमा दोस्रो हार भोगेको छ। 

मंगलबार भएको खेलमा होबर्ट पर्थ स्कर्चर्ससँग ५३ रनले पराजित भएको हो। 

पर्थले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको होबर्ट १९ ओभरमा १ सय २९ रनमा अलआउट भयो। 

होबर्टका ५ खेलाडीले मात्र दोहोरो अंकको स्कोर छोएको खेलमा सन्दीप लामिछाने १३ रनमा नटआउट रहे। 

बलिङतर्फ सन्दीपले १ विकेट झारे। सन्दीपले पाचौँ ओभरको पहिलो बलमा जोस इङलिसलाई क्याच आउट गराउँदै पवेलियनको बाटो देखाएका हुन्। ३ बलमा २ रन बनाएर खेलिरहेका जोस आउट भए। पाँचौ ओभरमा बलिङमा आएका सन्दीपले पहिलो बलमा नै विकेट लिएका थिए। उनले आफ्नो स्पेलमा ३२ रन खर्चे। 

त्यसअघि होबर्टस्थित बेलेरिभ ओवलमा टस जितेर ब्याटिङ गरेको पर्थ स्कर्चर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार पारेको थियो। 

पर्थका लागि मिचेल मार्स शतकमा नटआउट रहे। ६० बलको सामना गरेका उनले ६ चौका र ५ छक्का हान्दै १ सय रनमा नटआउट रहे। लोउरिस इभान्सले ४०, कप्तान अस्टोन टर्नरले १७ र कर्टिस पेटरसनले १३ रन थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad