खेल


भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

नेपालखबर
पुस १७, २०७८ शनिबार ६:४७, काठमाडौँ

भारतले यू–१९ एसिया कपको उपाधि जितेको छ।

शुक्रबार भएको खेलमा श्रीलंकालाई डक अफ वर्थ लुइस नियमअनुसार ९ विकेटले हराउँदै भारतले उपाधि आफ्नो नाममा गरेको हो।

यूएईको दुबईमा वर्षाले प्रभावित भएको खेलमा भारतले जितको लागि १०२ रनको लक्ष्य पाएको थियो। 

जवाफी ब्याटिङ गरेको भारतले १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले वर्षाले खेल रोकिनुभन्दा अगाडि ७ विकेटको क्षतिमा ७१ रन बनाएको थियो।

वर्षा रोकिएपछि पुनः सुरु भएको खेलमा श्रीलंकाले ३८ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो।

डक अफ वर्थ लुइस नियमअनुसार भारतले १०२ रनको लक्ष्य पाएको थियो। यसअघि सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad