खेल


ए डिभिजन लिगः आज तीन खेल हुँदै

ए डिभिजन लिगः आज तीन खेल हुँदै

नेपालखबर
पुस १७, २०७८ शनिबार ७:४, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार सातौं चरणका तीन खेल हुँदै छन्।  

शनिबार दिउँसो १ बजे थ्रीस्टार र जावलाखेल क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ। 

थ्रीस्टारले अहिलेसम्म खेलेको ६ खेलबाट १ मा जित र ४ बराबरीसहित ७ अंक हात पारेको छ भने जावलाखेलले २ जित र १ बराबरीसहित ७ अंक नै हात पारेको छ। 

दिउँसो २ बजे पोखरा रंगशालामा मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ।

मनाङले अहिलेसम्म खेलेको ६ खेलमध्ये ४ खेलमा जित र १ मा बराबरीसहित १३ अंक जोडेको छ।

ब्रिगेड ब्वाइजले भने १ खेलमा जित र २ खेलमा बराबरीसहित ५ अंक हात पारेको छ। 

पौने पाँच बजे दशरथ रंगशालामा संकटा र च्यासल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

संकटाले यसअघिको ६ खेलमध्ये ३ मा जित र ३ मा बराबरीसहित १२ अंक हात पारेको छ भने च्यासलले १ मा जित र १ मा बराबरीसहित ४ अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad