खेल


इङ्ग्लिस प्रिमियर लिग : टोटेनह्याम र वेस्ट ह्याम विजयी

इङ्ग्लिस प्रिमियर लिग : टोटेनह्याम र वेस्ट ह्याम विजयी

नेपालखबर
पुस १८, २०७८ आइतबार ७:५९, काठमाडौँ

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन्। 

गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई र वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो।

खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १–० गोलले पराजित गरेको छ।

खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै टोटेनह्यामको १८ खेलमा ३३ अंक जोडेको छ। 

अङ्कतालिकामा टोटेनह्याम छैटौँ स्थानमा छ । वाट्फोर्ड १३ अङ्कका साथ १७औँ स्थानमा छ।

त्यसैगरी वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले पराजित गरेको छ। जितसँगै वेस्ट ह्याम अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। उसको २० खेलमा ३४ अंक छ । क्रिस्टल प्यालेस समान खेलमा २३ अङ्कका साथ ११‌औँ स्थानमा छ।

इङ्ग्लिस  प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । शनिबार भएको खेलमा सिटीले आर्सनललाई २–१ ले पराािजत गरेको थियो। जितसँगै सिटीको ५३ अङ्क भएको छ । आर्सनल ३५ अङ्कसहित चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad