ad ad

खेल


पीसीआर परीक्षण नहुँदा ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी बन्द प्रशिक्षणमा अनुपस्थित

पीसीआर परीक्षण नहुँदा ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी बन्द प्रशिक्षणमा अनुपस्थित

त्रिवि क्रिकेट मैदानमा खेलाडी। तस्बिरहरू : विक्रम राई/नेपालखबर।


नेपालखबर
पुस १९, २०७८ सोमबार १०:१३, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै बन्द प्रशिक्षणका लागि खेलाडीहरू साेमबार बिहान त्रिवि क्रिकेट मैदान पुगेका छन्। 

सबै खेलाडी सहभागी हुने सहमति भए पनि पीसीआर परीक्षण बाँकी रहेकाले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाष बोहरा, सन्दीप जोरा,​ रोहित पौडेल, करण केसी र कुशल भुर्तेल भने पीसीआर परीक्षणका लागि स्वाव संकलन हुन बाँकी रहेकाले सोमबार बन्द प्रशिक्षणमा सामेल भएनन। 

आज (सोमबार) कोरोना परीक्षण गर्ने र रिपाेर्ट नेगेटिभ आए भोलि मंगलबादेखि उनीहरू पनि सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)​ ले जनाएको छ।

क्यान र कारबाहीमा परेका खेलाडीहरूबीच हिजाे सहमति भएपछि सबै खेलाडी सोमबार सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका हुन्। 

क्यानले पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीविरुद्ध सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको ६ महिने प्रतिबन्ध पनि फुकुवा गर्ने भएपछि खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी हुने भएका हुन्। 

यसअघि क्यानले अनुशासन उलंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीविरुद्ध कारबाही गरेको थियो।

अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तान पदबाट हटाएको थियो। उनीहरूसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। 

यो विवाद बढ्दै जाँदा यही वर्ष (सन् २०२२) मा अस्ट्रलियामा हुने टी–२० विश्वकपका लागि आगामी महिना (फेब्रुअरी) ओमानमा हुने ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएकामध्ये १३ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

बन्द प्रशिक्षणमा बोलाइएकामध्ये आधा खेलाडी सम्पर्कमा नआएपछि यो प्रकरण मिलाउन क्यानलाई दबाब परेको थियो। यहीबीच आइतबार दुई पक्षबीच सहमति भएको हो। याेसँगै बन्द प्रशिक्षण पनि अघि बढेकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .