ad ad

खेल


टाइगर कप भलिबल प्रतियोगिताको तयारी पूरा

टाइगर कप भलिबल प्रतियोगिताको तयारी पूरा

नेपालखबर
पुस २४, २०७८ शनिबार १२:८, काठमाडौँ

टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। 

टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै  प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। 

प्रतियोगितामा महिला र पुरुषतर्फ समान ५ टोलीले भाग लिनेछन्। 

महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसहित होङ्गान्जी न्यू डायमण्ड स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लबले भाग लिनेछन्। 

पुरुषतर्फ गण्डकी प्रदेश, टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले स्पर्धा गर्नेछन्। 

प्रतियोगितामा पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा पौष २६ देखि माघ १ गतेसम्म हुनेछ। 

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता गण्डकी प्रदेश र नेपाल एपीएफ क्लब भिड्नेछन्। 

महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथो हुनेले ३५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। विधागततर्फका (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो, प्रशिक्षक) उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .