नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा कास्य पदक जितेकी छिन्।
दक्षिण एशियाली क्याटोगोरीमा गत वर्ष स्वर्ण पदक जितेकी भण्डारीले यो संस्करण कास्य पदक ल्याएकी हुन्। पुष्पाले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पार गरिन्।
भारतीय खेलाडी आरति दत्तात्रय पाटीलले स्वर्ण र भारत कै ज्योति गवाटेले रजत पदक जिते।
पुरुषतर्फ नेपालका किरण सिंह बोगटी पाँचौँ स्थानमा रहे। किरणले निर्धारित दूरी २ घण्टा २३ मिनेट ४३ सेकेन्डमा पार गरे। नरेन्द्र सिंह रावतले समय सुधार गरेका छन्।
57
Shares
प्रतिक्रिया