ad ad

खेल


पीएम कप क्रिकेटः भुर्तेलको विष्फोटक ब्याटिङमा पुलिसको फराकिलो जित

पीएम कप क्रिकेटः भुर्तेलको विष्फोटक ब्याटिङमा पुलिसको फराकिलो जित

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १३:५२, काठमाडौँ

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो। पुलिसका लागि कुशल भुर्तेलले ३९ बलमा ८२ रनको विष्फोटक पाली खेलेका थिए। 

त्यस्तै दीपेन्द्रसिंह ऐरीले २८ बल खेल्दै ६२ रन बनाएका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो। 

कर्णालीका लागि प्रकाश जैसीले ६८ रनको योगदान दिएका थिए।

पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान २ विकेट तथा करण केसी, गुल्सन झा, पवन सर्राफ र कुशल भुर्तेलले १/१ विकेट लिए। 

त्यस्तै मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशमाथि रोमाञ्चक ३ विकेटको जित हात पारेको छ।

सुदूरपश्चिमले दिएको ११६ रनको लक्ष्य आर्मीले २० ओभरमा ७ विकेटको क्षतिमा १२० रन बनाउँदै पूरा गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .