ad ad

खेल


फेरि रद्द भयो जोकोभिचको भिसा

फेरि रद्द भयो जोकोभिचको भिसा

नेपालखबर
माघ १, २०७८ शनिबार ६:५४, काठमाडौँ

टेनिस स्टार नोभाक जोकोभिचको भिसा पुनः रद्द भएको छ। यसअघि अदालतले उनलाई तत्कालको लागि आप्रवासन हिरासत केन्द्रमा नराख्न आदेश दिएको थियो।

यद्यपि अष्ट्रेलियाले ३४ वर्षीय यी खेलाडीको भिसा पुनः रद्द गरेको हो। आइतबार अदालतले उनले कोभिड–१९ विरुद्धको खोप नलगाई अष्ट्रेलियामा बस्न पाउने वा नपाउने भन्ने विषयमा निर्णय गर्नुपूर्व नै उनी पक्राउ परेका छन्। 

सरकारले उनी आम नागरिकको लागि जोखिमपूर्ण रहेको भन्दै जोकोभिचलाई पक्राउ गरेको हो। जोकोभिच अष्ट्रेलियन ओपन खेल्न अष्ट्रेलिया पुगेका हुन्।

यद्यपि उनको भिसामा दिइएको छूटको विषयमा अष्ट्रेलियामा विरोध भएको थियो। विरोधपछि सरकारले भिसा रद्द गरी उनलाई आप्रवासन केन्द्रमा राखेको थियो। तर अदालतले उक्त केन्द्रबाट उनलाई मुक्त गर्न आदेश दिएको थियो। 

आफ्नै मुलुक फर्काउने सरकारको निर्णयविरुद्ध जोकोभिचले अदालतमा अपिल गरेका छन्।

आइतबार हुने यो अपिल उनले हारेको अवस्थामा उनलाई स्वदेश फर्काइनेछ भने भिसामा ३ वर्षको प्रतिबन्ध लगाइनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .