दक्षिण अफ्रिकाले भारतविरुद्धको टेस्ट क्रिकेट सिरिजमा जित हात पारेको छ।
अन्तिम तथा तेस्रो टेस्टमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिजमा कब्जा जमाएको हो।
पहिलो टेस्टमा भारतले जित हात पारे पनि दोस्रो र तेस्रोमा दक्षिण अफ्रिका विजयी भएको हो।
केप टाउनमा भएको तेस्रो टेस्टको भारतले दक्षिण अफ्रिकालाई जितको लागि २१२ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै पूरा गरेको हो।
दक्षिण अफ्रिकालाई जिताउन कीगन पिटरसनले ८२ रन बनाए। पिटरसनले पहिलो इनिङ्गमा पनि ७२ रनको पाली खेलेका थिए। उनी प्लेयर अफ द सिरिज पनि भए।
भारतले पहिलो इनिङ्गमा २२३ र दोस्रोमा १९८ रन बनाएको थियो। पहिलो इनिङ्गमा दक्षिण अफ्रिकाले केवल २१० रन बनाएको थियो।
भारतका कप्तान विराट कोहलीले पहिलो इनिङ्गमा ७९ रनको पाली खेलेका थिए भने दोस्रो इनिङ्गमा रिषभ पन्तले शतक प्रहार गरेका थिए।
घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो इनिङ्गमा भारतलाई सस्तैमा अलआउट गर्दै खेल आफ्नो पकडमा ल्याएको हो।
Shares
प्रतिक्रिया