ad ad

खेल


लियोनेल मेस्सी पहिलो पटक अर्जेन्टिनी टोली बाहिर

लियोनेल मेस्सी पहिलो पटक अर्जेन्टिनी टोली बाहिर

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७८ बिहिबार १८:३६, काठमाडौँ

लियोनेल मेस्सी पहिलो पटक अर्जेन्टिनाको टिममा परेनन्। विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि मेस्सीलाई बाहिर राख्दै प्रशिक्षक लियोनेल स्कोलानीले अर्जेन्टिनी टोलीको घोषणा गरेका छन्। 

प्रशिक्षक स्कोलानीले कोभिड-१९ संक्रमणम जितेर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको स्पष्टीकरण दिएका छन्। 

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनामा पहिलो पटक बुधबार मात्रै मैदान फर्किएका हुन्। 

मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए।

मेस्सी टिम बाहिर हुँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन्। मुटुमा समस्या भएपछि सर्जियो अग्वेरोले प्रोफेसनल फुटबलबाट सन्यास लिँदा लौटारो मार्टिनेज टोली परेका छन्। 

अर्जेन्टिनाले यसअघि नै क्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा स्थान पक्का गरिसकेको छ। अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीसँग खेल्नेछ। त्यसपछि उसले कोलम्बियासँग घरमा खेल्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .