ad ad

खेल


आईसीसी टी–२० टिममा पाकिस्तानका तीन खेलाडी, भारतीय परेनन्

आईसीसी टी–२० टिममा पाकिस्तानका तीन खेलाडी, भारतीय परेनन्

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ७:५०, काठमाडौँ

पाकिस्तानी क्रिकेट टोलीले गत वर्ष भएको टी–२० विश्वकपको उपाधि त जित्न सकेन तर पाकिस्तानी खेलाडीले समग्र वर्षमा गरेको प्रदर्शनको भने विश्वभर तारिफ भएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गत वर्षको प्रदर्शनको आधारमा ११ सदस्यीय टोली सार्वजनिक गरेको छ। जसमा तीन पाकिस्तानी खेलाडी परेका छन्। 

उक्त टोलीको कप्तानमा पनि पाकिस्तानका कप्तान बाबर आजम छानिएका छन्।

 

आजमले गत वर्ष २९ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र ९ अर्धशतक प्रहार गरेका थिए। समग्रमा उनले ९३९ रन बनाएका थिए। 

त्यस्तै पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान र साहिन अफ्रिदी पनि उक्त टोलीमा अटाएका छन्।

त्यस्तै यो टोलीमा इंगल्याण्डका जोस बटलर, दक्षिण अफ्रिकाका एडन मार्करम, ताब्राइज साम्सी र डेभिड मिलर, अष्ट्रेलियाका मिचेल मार्स जोस हजलवुड, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका मुस्फिकर रहिम पनि यो टोलीमा अटाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .