ad ad

खेल


कर्माछिरिङलाई गणेश थापाको चुनौती : सात वर्षदेखि सहेर बसेँ, आरोप पुष्टि गरेर देखाउनू

कर्माछिरिङलाई गणेश थापाको चुनौती : सात वर्षदेखि सहेर बसेँ, आरोप पुष्टि गरेर देखाउनू

पत्रकार सम्मेलनका क्रममा गणेश थापा। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख २८, २०७९ बुधबार १७:५१, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रममा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन्।

ललितपुरस्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौती दिएका हुन्।

थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस् भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको समेत बताए।

पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडिओ मार्फत प्रस्तुत गरेका थिए। सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको ती आरोप प्रमाणित गर्न चुनौती दिएका हुन्।

उनले भने, ‘वर्तमान अध्यक्षले लगाएका आरोप ७ वर्षदेखि सहेर बस्न मेरो लागि कठिन थियो। निराधार आरोप लगाउने व्यक्तिलाई सहजै रुपमा राम्रो गर्यो भन्दै शुभकामना दिने की आउँदै गरेको अध्यक्षलाई पनि यस्तै आरोप लगाएर चरित्र हत्या गर्नुस् भनेर जाने भन्ने दुविधामा म परेँ। केही समय स्वास्थ्य अवस्थाले पनि साथ दिएन,’ पूर्वअध्यक्ष थापाले भने, ‘मलाई लगाएका आरोप आरोप मात्र हुन्। लगाएका २० औँ आरोप रहेका छन्। ती मध्ये कुनै पनि आरोप पुष्टि गर्न चुनौती दिन्छु। यदि पुष्टि भएमा म फुटबलको विषयमा कुनै पनि चर्चा पनि गर्दिन।’

पूर्वअध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागीदार बन्नुपर्ने बताए। लामो समय फुटबलमा बिताएको र व्यवस्थापनमा पनि आफूले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पिडा भएको सुनाए।

एएफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे। जसको कारण आफूले फिफाको प्रतिबन्ध भोगेको बताए।

थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो।

पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धसमेत उनीमाथि करिब २१ लाख रुपैयाँ जरिवाना गरेको थियो। फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घुस लिएको आरोप लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .