ad ad

खेल


नेपाली क्रिकेट विकासका लागि सहयोग गर्न तयार छौं : आईसीसी

नेपाली क्रिकेट विकासका लागि सहयोग गर्न तयार छौं : आईसीसी

नेपालखबर
असार १२, २०७९ आइतबार ७:९, काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको बताएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण पूर्णरुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ ।

यसबारे शनिबार आईसीसीका प्रतिनिधिले नेपालमाथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएको हो । आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नुपर्ने सबै प्रावधान चरणबद्ध तरिकाले पूरा गरेको भन्दै फुकुवा भएको बताए ।

साथै सरकारी स्तरबाट पनि नेपाली क्रिकेटमा टड्कारोको रुपमा रहेको भौतिक पूर्वाधारका लागि सरकारले चासो देखाएकोमा इमरान ख्वाजा सकारात्मक देखिएका थिए ।

शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।

क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन २०१६ अप्रिलमा निलम्बन गरेको थियो । यद्यपि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको थियो । २०७६ असोजमा सम्पन्न विशेष साधारण सभामार्फ चतुरबहादुर चन्द नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । त्यसपश्चात आईसीसीले क्यानमाथि लगाएको निलम्बन शर्त राख्दै फुकुवा गरेको थियो ।

आईसीसीले क्यानको आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले आर्थिक मामिलामा आईसीसीको भर पर्नुपर्ने अवस्था नेपाली क्रिकेटमा थियो । अब अब भने आर्थिक गतिविधिसहितको सबै निलम्बन हटेको र क्यानले आफ्नो योजना स्वतन्त्र तरिकाले अगाडि बढाउन पाउने नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

नेपाली क्रिकेट संघमाथिको निलम्बन फुकुवादेखि नै संघको निर्वाचित कार्यसमितिले आईसीसीको सम्पूर्ण मापदण्डलाई क्रमश: पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनको आधार बनाएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .