ad ad

खेल


राष्ट्रिय महिला फुटबल खेलाडी रेनुका घाइते, साफ गुमाउन सक्ने

राष्ट्रिय महिला फुटबल खेलाडी रेनुका घाइते, साफ गुमाउन सक्ने

फाइल तस्बिर


नेपालखबर
असार २०, २०७९ सोमबार १४:५३, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटे घाइते भएकी छिन्। 

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणका क्रममा रेनुका घाइते भएकी हुन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार प्रशिक्षणका दौडान अर्को खेलाडी सरस्वती ऐरले ट्याकल गर्दा असन्तुलित भएर उनी मैदानमा लड्न पुगेकी थिइन्। 

मैदानमा लड्दा उनको बायाँ क्लाभिकल (कलरबोन अर्थात् घाँटीमुनिको हड्डी) फ्याक्चर भएको राष्ट्रिय टोलीकी फिजियो आभास्ना राजभण्डारीले बताइन्। नगरकोटेको दुई ठाउँमा क्लाभिकल फ्याक्चर भएको छ। 

उनको आजै बीएण्डबी अस्पतालमा शल्यक्रिया हुनेछ। उनको डा. अमित जोशीले शल्यक्रिया गर्नेछन्। शल्यक्रियापछि नै उनले कति समय आराम गर्नेछिन् भनेर थाहा हुने फिजियो राजभण्डारीले बताइन्। 

चोटका कारण उनले सम्भवतः दक्षिण एसियाली फुटबल (साफ) गुमाउनेछिन्। 

नेपालले आगामी भदौ १३ देखि २५ गतेसम्म साफ च्याम्पियनसिप आयोजना गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .