ad ad

खेल


आज क्यानडासँग खेल्दै नेपाल

आज क्यानडासँग खेल्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
असार २१, २०७९ मंगलबार ९:४१, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ को तयारीस्वरुप आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समयानुसार राति पौने १० बजे शुरु हुनेछ ।

स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले एक हप्ताअघिबाट क्यानडामा अभ्यास गरिरहेको छ । 

क्यानडा भ्रमणमा यसअघि नेपालले स्थानीय क्लब ओन्टारियोविरुद्ध एक एकदिवसीय र एक टी२० खेलेको थियो । जसमा नेपालले जित हात पारेको थियो ।

क्यानडाको राष्ट्रिय टिमसँग मंगलबार र बुधबार दुई एकदिवसीय अभ्यास खेल्नेछ । त्यसपछि क्यानडाबाट नै नेपाली टोली स्कटल्याण्डमा आयोजना हुने आईसीसी पुरुष विश्वकप लिग–२ को लागि प्रस्थान गर्नेछ ।

स्कटल्याण्डमा नेपालले समूहमा बलियो मानिएका दुई टिम आयोजक स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .