पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अर्जुन साउदलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँगको टि–२० आई र एक दिवसीय सिरिजका लागि अन्तिम टोलीको घोषणा गरेको छ।
क्यानले मंगलबार घोषणा गरेको टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, साहव आलम, विवेक यादवले पुनरागमन गरेका छन्।
तीन खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा अर्जुन साउदले पहिलो पटक टोलीमा स्थान बनाएका छन्। अर्जुन सुदूरपश्चिमबाट खेल्दै आएका छन्।
क्यानले पछिल्लो समय नियमित टोलीमा स्थान बनाएका ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारीलाई टोली बाहिर राखेको छ।
नेपाली क्रिकेट टोलीले २५ अगष्टदेखि ५ सेप्टेम्बरसम्म केन्यासँग पाँच टि–२० आई र तीन एक दिवसीय अभ्यास खेल्नेछ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आशिफ शेख( विकेटकिपर) आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र पौडेल। सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद(विकेटकिपर) पवन सर्राफ, साहव आलम, किशोर महतो, विवेक यादव
वैकल्पिक खेलाडी

Shares

प्रतिक्रिया