ए डिभिजन लिग फुटबल पुस दोस्रो साता हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिगको मिति तोकेको हो। बैठक अहिले पनि जारी छ।
ए डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म आयोजना गर्नका लागि मिति तोकिएको एन्फाका एक सदस्यले जानकारी दिए।
यस्तै सी डिभिजन लिग असोज १ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ। आजै बसेको बैठकले बी र सी डिभिजन लिगको पनि मिति तय गरेको छ।
बैठकले बी डिभिजन लिग चैत ८ देखि वैशाख १५ र सी डिभिजन लिग वैशाख १८ देखि जेठ २७ गतेसम्म गर्ने निर्णय गरेको छ।
साउन २६, २०७९, बिहीबार
69
Shares
प्रतिक्रिया