ad ad

खेल


दक्षिण अफ्रिकाविरुद्धको टी२० सिरिजमा भारतको कब्जा

दक्षिण अफ्रिकाविरुद्धको टी२० सिरिजमा भारतको कब्जा

नेपालखबर
असोज १७, २०७९ सोमबार ७:६, काठमाडौँ

दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी२० सिरिज भारतले आफ्नो पोल्टामा पारेको छ। आइतबार भएको खेलमा दक्षिण अफ्रिकामाथि १६ रनको जित हात पार्दै भारतले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो। 

आइतबारको खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३७ रनको विशाल योगफल बनाएको थियो।

भारतका लागि सूर्यकुमार यादवले ६१ रन तथा केएल राहुलले ५७ रनको पाली खेले। विराट कोहलीले अविजित ४९ रन बनाए भने कप्तान रोहित शर्माले ४३ रनको पाली खेले। 

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२१ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अविजित १०६ रन तथा क्विन्टन डि ककले अविजित ६९ रनको पाली खेले पनि टोलीलाई जित भने दिलाउन सकेनन्। 

दक्षिण अफ्रिका र भारतबीचको अन्तिम टी२० खेल मंगलबार हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .