नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।
पोखरा रगंशालामा बिहिबार सकिएको एथलेटिक्समा आर्मीले १९ स्वर्ण, १३ रजत र १३ कास्य पदक जित्दै कुल ४५ पदकका साथ पहिलो स्थानमा रहेको छ।
शसस्त्र प्रहरीको एपीएफले समान १० स्वर्ण, रजत र कास्य जित्दै कुल ३० पदकका साथ दोस्रो भएको छ। १५ पदक जितेको एपीएफ तेस्रो स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले २ स्वर्ण, ७ रजत र ६ कास्य गरि कुल १५ पदक जितेको छ। प्रदेश १, मधेसप्रदेश, सुदुरपश्चिम प्रदेश र एनआरएनए पदक विहिन रहे ।
बागमती र लुम्बिनीले समान ७, गण्डकीले ४, कर्णालीले २ र सुदुरपश्चि प्रदेशले १ पदक जितेको छ।
बागमती प्रदेशले २ स्वर्ण, १ कास्य र ४ रजत, गण्डकीले १ स्वर्ण, ,१ रजत र २ कास्य पदक हात पारेको छ। लुम्बिनी प्रदेशले २ स्वर्ण, ४ रजत र १ कास्य तथा कर्णालीले १ स्वर्ण, १ रजत र १ कास्य पदक जितेको छ।
Shares
प्रतिक्रिया