खेल


एपीएफ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा

एपीएफ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १६:५०, काठमाडौँ

मधेश प्रदेशलाई पराजित गर्दै एपीएफ प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। 

कीर्तिपुरका भएको पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो। 

आजको खेलको विजेताले त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ। 

मधेश प्रदेशले दिएको १२३ रनको लक्ष्य  एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर प्रदीप ऐरी र आशिफ शेखले ६० रनको साझेदारी गरे। शेख ३३ र प्रदीप २५ रनमा आउट भए। सुमित महर्जनले १३ रन थपे। 

लोकेश बम ३५ र सुदिप झोरा ६ रनमा नटआउट रहे।  

मधेश प्रदेशका मोहम्मद आदिल आलमले २ तथा राजेश यादवले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेश ३१ ओभरमा १२२ रनमा अलआउट भयो। 

मधेशलाई कम स्कोरमा रोक्न कमल ऐरी एक्लैले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चे। भुवन कार्की र मौसम ढकालले समान २ विकेट झारे। किशोर महतोको नाममा १ विकेट रह्यो। 

मधेसका रुपेश सिंह ३६ बलमा नटआउट रहे। सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल शाहले १३ तथा मोहम्मद आदिल आलमले ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad