ad ad

खेल


कोका–कोलाद्वारा कतारमा रहेका नेपालीलाई विश्वकप हेर्ने मौका

कोका–कोलाद्वारा कतारमा रहेका नेपालीलाई विश्वकप हेर्ने मौका

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार २०:३२, काठमाडौँ

वर्ल्डकप २०२२ को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरु मध्य कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारहरुलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वर्ल्डकप हेर्ने अवसर प्रदान गरेको छ। 

आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोका–कोला नेपालले जनाएको छ।

फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वल्र्डकप हेर्न पाउनु आफूहरुको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका–कोला प्रति आभारी रहेको कुरा व्यक्त गरेका छन्।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं। उहाँहरुको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी वहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं। वहाँहरुले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौँ।’

कोका–कोलाले यो भन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरुलाई कतार–नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तराल पछि आफ्नो परिवारसँग बसेर दसैंँ तिहार मनाउने अवसर पाएका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .