खेल


साउदी अरेबियामा रोनाल्डोको निराशाजनक सुरुवात, सुपर कपमा हार्‍यो अल नासर

साउदी अरेबियामा रोनाल्डोको निराशाजनक सुरुवात, सुपर कपमा हार्‍यो अल नासर

नेपालखबर
माघ १३ , काठमाडौँ

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि कीर्तिमानी मूल्यमा साउदी अरेबियाको अल नासर पुगेका क्रिस्टियानो रोनाल्डोले निराशाजनक सुरुवात गरेका छन्। 

गत पुस १६ मा अल नासरमा अनुबन्ध भएका रोनाल्डोले दुई खेल खेलिसक्दा पनि गोल गर्न सकेका छैनन्। 

अल नासरमा भव्य स्वागत पाएका उनले गएराति भएको साउदी सुपर कपको खेलमा पनि पराजय भोग्नु परेको छ।

साउदी सुपर कपको सेमिफाइनल भिडन्तमा अल नासरलाई अल इत्तिहादले ३-१ गोलअन्तरले पराजित गरेको छ।

जुन खेलमा रोनाल्डो स्कोर गर्न चुकेका छन्। अल इत्तिहादलाई जित दिलाउने क्रममा रोमारिन्हो, अब्डेर्राजाक हम्दाल्लाह र मुहान्नाद अल शानक्विटीले व्यक्तिगत गोल गरे।

पराजित अल नासरका लागि तालिस्काले खेलको ६७ औँ मिनेटमा सान्तवना गोल फर्काए। 

यसअघि रोनाल्डोले साउदी प्रो लिगअन्तर्गत २३ जनवरीमा इत्तिफाकविरूद्ध डेब्यू गरेका थिए। त्यस खेलमा पनि रोनाल्डो गोल गर्न असफल रहे।

माघ १३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.