खेल


कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

नेपालखबर
फागुन २१, २०७९ आइतबार ९:४४, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिेकट टोलीका सदस्य कुशल भुर्तेलले विश्वकप लिग—२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाको सोमबार हुने खेल गुमाउने भएका छन्। 

सोमबार यूएईविरुद्ध नेपाल भिड्दैछ। 

क्यानका अनुसार भुर्तेल घाइते भएपछि उनको ठाउँमा सन्दीप जोरालाई खेलाइने भएको छ। 

कुशल ग्रोईन ईन्जोरीका कारण टीममा नरहने भएपछि सन्दीप जोरालाई उनको ठाउँमा खेलाइने भएको क्यानले जनाएको छ। 

भुर्तेलको स्वास्थबारे जानकारी गराउँदै क्यानले भनेको छ, ‘हामी कुशल भुर्तेललाई मैदानमा मिस गर्नेछौं, तर हामीलाई थाहा छ ऊ पहिलेभन्दा बलियो भएर फर्कनेछ। हामी सन्दीप जोरालाई १४ को टोलीमा स्वागत गर्छौं र थाहा छ उसले खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .