फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि हाल जारी खेलमा इंग्ल्यान्डविरुद्ध फ्रान्सले ३ गोल गरेको छ।
फ्रान्सले दोस्रो हाफको खेल जारी रहँदा ३ गोल गरेर खेललाई ४-३ को अवस्थामा ल्याएको हो।
खेलको ४८ मिनेटमा कप्तान किलियन एम्बाप्पेले पहिलो गोल गरेका थिए। लगत्तै ५४ मिनेटमा फ्रान्सका ब्राडली बारकोलाले दोस्रो गोल गरे।
एम्बाप्पले ६६ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-३ को अवस्थामा ल्याएका हुन्।
अमेरिकाको मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमा फ्रान्सको पोस्टमा इंग्ल्यान्डले शून्यका विरुद्ध चार गोल गरेको थियो।
इंग्ल्यान्डका डेक्लान राइसले खेलको तेस्रो मिनेटमै फ्रान्सविरुद्ध पहिलो गोल गरेका थिए।
१८औँ मिनेटमा एन्जी कोन्शाले दोस्रो, ३७ औँ मिनेटमा बुकायो शाखाले तेस्रो गोल गरे।
चौथो गोल इंग्ल्यान्डले पहिलो हाफको इन्जुरी समयमा गरको हो।
Shares

प्रतिक्रिया