फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि हाल जारी खेलमा इंग्ल्यान्डविरुद्ध फ्रान्सले पनि गोल हानेको छ।
फ्रान्सले दोस्रो हाफको ४८ र ५४ मिनेटमा दुई गोल गरेर खेलाई २-४ को अवस्थामा ल्याएको छ।
पहिलो गोल कप्तान किलियन एम्बाप्पेले र दोस्रो गोल बार्कोलाले गरे।
अमेरिकाको मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमा फ्रान्सको पोस्टमा इंग्ल्यान्डले शून्यका विरुद्ध चार गोल गरेको थियो।
इंग्ल्यान्डका डेक्लान राइसले खेलको तेस्रो मिनेटमै फ्रान्सविरुद्ध पहिलो गोल गरेका थिए।
१८औँ मिनेटमा एन्जी कोन्शाले दोस्रो, ३७ औँ मिनेटमा बुकायो शाखाले तेस्रो गोल गरे।
चौथो गोल इंग्ल्यान्डले पहिलो हाफको इन्जुरी समयमा गरको हो।
६२ मिनेटको खेल सकिँदा इंग्ल्यान्ड ४ र फ्रान्सले २ गोल गरेर खेलिरहेका छन्।
291
Shares

प्रतिक्रिया