खेल


मनाङले पहिलो जित दर्ता गर्दा संकटाको पहिलो हार

मनाङले पहिलो जित दर्ता गर्दा संकटाको पहिलो हार

बलका लागि भिड्दै मनाङ र संकटाका खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २४, २०७९ बुधबार १९:३७, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो जित दर्ता गरेको दिन संकटा क्लबले पहिलो हार व्यहोरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले संकटालाई १–० गोल अन्तरले पराजित गरेको हो। मनाङका लागि शाइदजामोद दाम्लातजोनोले निर्णायक गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।   

खेलको १९ औँ मिनेटमा संकटाका मनिष डाँगीको प्रहार गोलरक्षक दीप कार्कीले रोक्न नसक्दा रिबाउण्डमा आएको बललाई सुनिल श्रेष्ठको प्रहार मनाङका प्रवेश कुँवरले गोललाईनबाट क्लीयर गरे।  

५३ औं मिनेटमा सुमित श्रेष्ठको प्रहार संकटाका गोलरक्षक टिकेन्द्र सिंह थापाले पन्च गर्दै बचाए। 

खेलको ५४ औँ मिनेटमा शाइदजामोद दाम्लातजोनोले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए। शाइदजामोद दाम्लातजोनोको प्रहार डिफ्लेक्ट हुँदा संकटाका गोलरक्षक थापाले बचाउने कुनै मौका पाएनन्। 

खेलको ६९ औं मिनेटमा मनाङका सुमित श्रेष्ठको प्रहार पोष्टमाथिबाट आकाशियो। ८० औं मिनेटमा सुमितको प्रहारले पोष्टको गति लिन नसक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो।  

इन्ज्युरी समयमा संकटाले बराबरी गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .