खेल


पीएसजीलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

पीएसजीलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ७:३२, काठमाडौँ

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलम प्रवेश गरेको छ। 

गएराति भएको प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा पीएसजीलाई २–० (समग्रमा ३–०) गोल अन्तरले हराउँदै बायर्नले अन्तिम ८ मा स्थान बनाएको हो। 

६ पटकको युरोपियन च्याम्पियन बायर्नले पीएसजीका केलियन एमबाप्पे र लियोनल मेस्सीको दोहोरो खतरालाई जोगाउँदै अन्तिम ८ को यात्रा तय गरेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। 

खेलको ६१औँ मिनेटमा बायर्नका चौपो मोटिंगले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको अन्तिम मिनेटममा सर्ज गार्भीले क्यानसेलोको पासमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। 

लिगको अन्तिम ८ को ड्र १७ मार्चमा स्विटजरल्याण्डको न्योनमा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad