ad ad

खेल


दबाबबीच भीम सार्कीको अर्धशतक

दबाबबीच भीम सार्कीको अर्धशतक

ब्याटिङका क्रममा भीम सार्की। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार १५:४९, काठमाडौँ

यूएईविरुद्ध नेपालका ब्याटर भीम सार्कीले अर्धसतक पूरा गरेका छन्। भीमले ६० बलमा ६ चौकासहित ५० रन बनाएका हुन्। 

यसअघि ओपनर कुशल भुर्तेल अर्धसतक पूरा गरेर आउट भएका थिए। यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती ४ विकेट गुमाएको छ। 

२६ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ। 

नेपालले १७ औं ओभरमा तेस्रो विकेट गुमाएको थियो। १७ औं ओभरको तेस्रो बलमा कुसल क्याचआउट भएका हुन्।

३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै उनले नेपालको इनिङ उकासेका थिए।

कुशल र भीम सार्कीले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे। अहिले भीम र आरिफ शेख क्रिजमा छन्। आरिफले रन बनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .